नेपाल लिटरेचर फेस्टिवलमा वक्ता रहेका अधिकारीलाई प्रश्न : ‘तपाईँ कार्यक्रममा सहभागी हुनुहुन्छ ?’

काठमाडौँ, १५ फागुन । संघीय सरकारका स्वास्थ्य र गृह मन्त्री बनेका गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (एमाले)का नेता खगराज अधिकारी सुर्तीजन्य पदार्थ विरुद्धका अभियन्ताको रुपमा परिचित छन् ।

दश वर्ष अघि उनी स्वास्थ्य मन्त्री हुँदा नेपालले सुर्तीजन्य पदार्थको प्याकेटको ९० प्रतिशत भागमा चेतावनीमुहलक चित्रअंकित सन्देश छाप्ने निर्देशिका पास गरेका थिए । उनको त्यो निर्णय पछि नेपाल अन्तराष्ट्रिय रुपमा पुरस्कृत भएको थियो । नेपालले एक लाख डरलको ब्लुम्बर्ग फिलान्थ्रोपिक अवार्ड समेत प्राप्त गरेको थियो । त्यसपछि पनि उनी सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनको कार्यान्वयनका लागि निकै सक्रियता देखाउँदै आएका छन् ।

पोखरामा आज देखि सुरु हुन लागेको नेपाल लिटरेचर फेस्टिवल उनी पनि बक्ता छन् । अपरान्ह ४ देखि ५ बजे उनले नेपाल पत्रकार महासंघकी अध्यक्ष समेत रहेकी बरिष्ठ पत्रकार निर्मला शर्मासंग राजनीतिका सुख दुख विषयमा बोल्ने तालीका छ ।

पाँच दिन अघि मात्रै नेपाल लिटरेचर फेस्टिवल २०२५ को फेसबुक पेजमा चुरोट कम्पनी सूर्य नेपाल ‘इभिनिङ म्युजिकल सेसन’को स्पोन्सरको रुपमा रहेको जानकारी दिईएको थियो । कानून त यसरी स्पोन्सर गर्न पाइदैन । नेपाली हेल्थ सहित खासगरी स्वास्थ्य सम्वद्ध सञ्चारमाध्यमले त्यस विषयमा समाचार लेखेपछि आयोजकले पेजबाट सो जानकारी हटाएको छ भने मौखिक रुपमा स्पोन्सर नलिएको बताउँदै आएको छ ।

समाचार आएपछि यस विषयमा एक्सन नेपाल, नेपाल अर्वुद्ध रोग निवारण संस्था, नेपाल अनुसन्धान विकास प्रतिष्ठान र पछिल्लो पटक स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ती मार्फत कानून विपरित कार्य नगर्न ध्यानाकर्षण गराएको छ ।

यसै सन्दर्भमा नेपाली हेल्थले महोत्सवमा आजका लागि बक्ता तोकिएका नेकपा (एमाले)का नेता समेत रहेका पूर्व मुख्यमन्त्री अधिकारीसंग छोटो कुराकानी समेत गरेको थियो । प्रस्तुत छ कुराकानीको सार संक्षेप:

आज देखि सुरु हुन लागेको नेपाल लिटरेचर फेस्टिवलमा तपाईँ पनि बक्ता हुनुहुँदो रहेछ, सहभागी हुनुहुन्छ ?

–  हो, आजको कार्यक्रममा म सहभागी हुन्छु, मेरो अपरान्ह ४ देखि ५ बजेका लागि समय तोकिएको छ ।

तपाईँ त सुर्तीजन्य पदार्थ विरुद्धको अभियन्ताको रुपमा पनि चिनिनु हुन्छ, फेस्टिवल आयोजकले पाँच दिन अघिसम्म त एउटा इभेन्टमा सुर्ती उद्योगको प्रायोजन रहेको उल्लेख गरेका थिए ? तपाईँ यस्तोमा सहभागी हुन मिल्छ र ?

–  होइन, उनीहरुले यसपटक सुर्ती उद्योगको स्पोन्सर छैन भनेका छन् । मैले उनीहरुलाई पहिल्यै स्पष्ट भनेको थिएँ, सुर्ती उद्योगको स्पोन्सर छ भने म आउदिन भनेर । उनीहरुले त्यस्तो छैन भनेका छन् ।

तर उनीहरुको पेजमा त आएको थियो,

मैले उनीहरुलाई स्पष्टसंग भनेको छु । यसपटक त्यस्तो छैन, हाम्रो पार्टनर एनसेल हो भनेका छन् । यसमा म सजग छु । अघिल्ला वर्षहरुमा सुर्ती उद्योगको प्रायोजन रहेकै कारण मैले नेपाल लिटरेचर फेस्टिवल कार्यक्रम बहिस्कार गरेको हु । किनभने त्यस्तो कार्यक्रममा जान मेरो नैतिकताले दिदैन । मैले आयोजकलाई यसपटक पनि अघिल्ला वर्षका उदाहरण दिएरै सम्झाएको हो । उनीहरुले यसपटक त्यस्तो छैन भनेका छन् ।

 

यो पनि हेर्नुहोस्………….

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *