नर्सिङ संघको महासचिवमा उठेकी जानकी धामी राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको कार्वाहीमा

साधारण सदस्य समेत नरहने गरी निष्कासित

काठमाडौँ, २९ मंसिर । नेपाल नर्सिङ संघको २० औँ कार्यसमितिको निर्वाचनमा महासचिवको उम्मेद्धार बनेकी जानकी धामीमाथि राष्ट्रिय स्वास्थ्यकर्मी महासंघले कार्वाही गरेको छ ।

महासंघको घटक नेपाल नर्सिङ पेशाकर्मी संघका आधिकारिक उम्मेद्धार प्रा चन्द्रकला शर्मा समूहविरुद्ध उमेद्धारी दिएपछि धामीमाथि कार्वाही भएको हो ।

आज सार्वजनिक गरिएको पत्रमा महासंंघको १४ मंसिरमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय समिति सदस्य तथा साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको उल्लेख छ ।

महासंघका अध्यक्ष डा झलक गौतमद्धारा हस्ताक्षरित पत्रमा महासंघको विधान २०६२ (संसोधन २०७८) को दफा ९ (१) को उल्लंघन गर्नुका साथै महासंघको गरिमामा आँच पुरयाउने र अनास्था फैलाउने कार्यहरु गरेको, पटक पटक दिइएको निर्देशन र सुझावहरुको बेवास्ता गरिएको उल्लेख छ ।

यसपटकको निर्वाचनमा धामी महासचिवमा उठ्दा अधिकारिक प्यानलबाट उठेकी डा देवकुमारी आचार्यको भोट काटिएको महासंघको निष्कर्ष छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *