छ वर्षमा पनि बनेन गजेन्द्रनारायण सिंह अस्पतालको भवन

सप्तरी, ८ मंसिर । तीन सय शय्याको गजेन्द्रनारायण सिंह अस्पतालमा निर्माण थालिएको छ वर्षमा पनि पूरा भएको छैन । निर्माण कम्पनीसँग तीन वर्ष छ महिनामा निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएको थियो ।

अस्पताल भवन पूरा नहुँदा बहिरङ्ग र प्रसूति सेवा प्रभावित भएको छ । सहरी विकास मन्त्रालयबाट रु ३१ करोड छ लाख २० हजारमा २०७५ सालमा भवन निर्माण सम्झौता भएको हो ।

तीनपटक सम्म म्याद थप गरिए पनि भवन अधुरै छ । विसं २०७५ पुस २६ गते तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवले भवन निर्माणको शिलान्यास गर्नुभएको थियो ।

सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार निर्माण कम्पनीलाई अगामी पुसभित्र निर्माण सम्पन्न गर्न निर्देशन दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *