कान्तिपुर डेन्टल सेन्टर चितवन शाखाद्धारा गैंडाकोटको विद्यालयमा गर्‍यो दन्त शिविर

चितवन, ७ भदौ ।  कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर (केडीसी)को भगिनी संस्थाको रुपमा चितवनमा स्थापित दुईवटा डेन्टल सेन्टरले बिहीबार पूर्वी नवलपरासीको गैंडाकोट – ११ स्थित हर्कपुरमा रहेको मुकुन्दसेन अंग्रेजी माविका विद्यार्थीहरुको नि:शुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण गरेको छ ।

नारायणगढ पुल्चोकमा रहेको पुरानो र भरतपुर विमानस्थल अगाडी खुलेको नयाँ कान्तिपुर डेन्टल सेन्टरबाट खटिएका दन्त चिकित्सक तथा दन्त स्वास्थ्यकर्मीहरुको टोलीले निशुल्क मुख तथा दन्त स्वास्थ्य परीक्षण गरेको हो ।

शिविरमा कक्षा ५, ६ र ७ मा अध्ययन्रत ११९ जना विद्यार्थीको मुख तथा दन्त स्वास्थ्य परीक्षण भएको थियो । सो अवसरमा उनीहरुलाई मुख तथा दन्त स्वास्थ्य शिक्षा समेत प्रदान गरिएको थियो ।

शिविरका लागि दन्त चिकित्सक डा ऋतु भण्डारी, डा प्रेरणा श्रेष्ठ, डा तेजस्विनीसंगै डेन्टल हाइजिनिष्ट उन्नती गुरुङ, दन्त सहायक सविता गुरुङ, र संयोजक शोभा अधिकारी खटिएका थिए ।

कुल ११९ जना विद्यार्थीमा गरिएको मुख तथा दन्तपरिक्षणमा अधिकांश बच्चामा दाँत किराले खाने समस्या भेटिएको डा। प्रेरणा श्रेष्ठले जानकारी दिईन् । उनले परीक्षणका क्रममा ४० जनाको दाँत हल्लिएको, २० जनाको दाँतको जरा देखि नै उपचार गर्नुपर्ने र धेरैको दाँत सफा गर्नुपर्ने देखिएको बताईन् ।

यता भरतपुर विमानस्थल अगाडी सञ्चालनमा आएको नयाँ सेन्टरले आगामी दिनमा चितवन र नवलपुरका दुरदराजमा रहेका जनतालाई निःशुल्क मुख तथा दन्त परीक्षण तथा शिक्षासमेत प्रदान गर्ने लक्ष्य राखेको त्यहाँकी इन्चार्ज समेत रहेकी डा अस्मिता कार्कीले जानकारी दिईन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *