पढेपछि दुई वर्ष काम गर्ने कबुलियत गरे निजी मेडिकल कलेजले दिने भए सरकारी सरह निर्वाह भत्ता !

काठमाडौँ, १४ माघ । निजी मेडिकल कलेजमा अध्ययन गर्ने आवासीय चिकित्सकलाई निर्वाह भत्ता कति दिने भन्ने विषयमा शिक्षा मन्त्री विद्या भट्टराई र स्वास्थ्य मन्त्री प्रदीप पौडेल टुंगोमा पुगेका छन् ।