आयुर्वेद विभागमा निमित्त महानिर्देशक बनाउने स्वास्थ्य मन्त्री पौडेलको निर्णय कानून विपरित

काठमाडौँ, २८ कात्तिक । दशौँ तहको कर्मचारीको सरुवा तथा जिम्मेवारी हेरफेर गर्ने अधिकार सचिवलाई मात्रै हुन्छ तर आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा दशौँ तहका कर्मचारीलाई निमित्त महानिर्देशक बनाउन स्वास्थ्य मन्त्री प्रदीप पौडेल आफैले निर्णय गरेका छन् ।