क्यान्सर उपचारकी ‘जीवित देवी’ नेपालमा, जसको सहयोगले दशौँ हजार बिरामी बाचिरहेका छन्

काठमाडौँ, ३ कात्तिक । ‘१७ वर्षको उमेरमा छोरा म्याक्सिमिलियानो रिभालोभा (म्याक्स)को एक प्रकारको रक्त क्यान्सर (सीएमएल)बाट मृत्यु हुँदा एक्लो महसुस गरेकी थिएँ । तर अहिले मेरो परिवारका सदस्य संख्या संसारै भरी भेटाएँ । म संग सदाको लागि छुट्टिएको छोराले मलाई एक्लो होइन हजारौँको आफन्त जोडिदिएको छ,’