त्रिवि आईओएमको डीनका लागि नाम सिफारिस गर्न प्राडा वलीको संयोजकत्वमा समिति गठन, ईच्छुकले सात दिन भित्र आवेदन गर्नु पर्ने

काठमाडौँ, १८ भदौ ।  त्रिभुवन विश्वविद्यालयले चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)को डीन नियुक्तीको प्रक्रिया अघि बढाएको छ । त्रिवि कार्यकारी परिषद्ले गठन गरेको डीन नियुक्तीका लागि सिफारिस समितिले सोमबार सूचना जारी गर्दै सो डीन पदका लागि इच्छुक तथा योग्य व्यक्तिले ७ दिन भित्र आशयपत्र इमेल गर्न आव्हान गरेको छ ।