कान्तिपुर डेन्टल सेन्टर भरतपुरले राख्यो ओम शान्ति एकेडेमीमा निशुल्क दन्त शिविर

चितवन, १५ भदौ । कान्तिपुर डेन्टल सेन्टर भरतपुर शाखाले भरतपुर महानगरपालिका १० स्थित ओम शान्ति एकेडेमीका विद्यार्थीहरुको निशुल्क दन्त परीक्षण गरिदिएको छ ।

विद्यालय तहका बालबालिकाहरुलाई मुख तथा दन्त स्वास्थ्यमा सचेतना तaथा निदानमा सहयोग गर्ने नीति अनुरुप सेन्टरले बुधबार ओम शान्ति एकेडेमीमा शिविर राखेर विद्यार्थीहरुको निशुल्क दन्त परीक्षण गरिदिएको हो ।

सो शिविरमा २२० छात्र र २२१ जना छात्रा गरी कुल ४४१ जनाको मुख तथा दन्त परीक्षण भएको शिविरको नेतृत्व गरेकी कान्तिपुर डेन्टल सेन्टर भरतपुरकी प्रमुख डा अस्मिता कार्कीले बताईन् । उनका अनुसार परीक्षणका क्रममा २४६ जना विद्यार्थीमा दाँत किराले खाएको समस्या, ४० जनामा दाँत हल्लिएको, १० जना विद्यार्थीहरुमा दाँत भाचिएर ठूटा भएको पाइएको थियो ।

शिविरमा सहभागी विद्यार्थीहरुलाई राखेर मुख र दन्त स्वास्थ्य समस्या के हो ? यस्तो समस्या हुन नदिन के गर्ने ? कसरी जोगिने लगायतका विषयमा सचेतना कक्षा समेत सञ्चालन गरिएको थियो ।

बसुन्धरास्थित कान्तिपुर डेण्टल टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको नवौं भगिनी शाखाको रुपमा गत १ भदौ देखि सञ्चालनमा आएको भरतपुर शाखा भरतपुर एयरपोर्टकै अगाडी रहेको छ ।

मेडिकल टुरिजमलाई समेत लक्षित गरेर खोलिएको यो सेन्टरमा अत्याधुनिक उपकरण र दक्ष जनशक्ति परिचालित छन् । सुरुवाती चरणमा भने सेन्टरले विद्यालय केन्द्रीत कार्यक्रम अघि सारेको छ । सञ्चालनको दुई साता नपुग्दै यो सेन्टरले पूर्वी नवलपरासी र चितवनका गरी तीनवटा विद्यालयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *