स्वास्थ्य संकायका विधार्थीद्वारा डा. मौमिताप्रति श्रद्धाञ्जली अर्पण
जनकपुर, ५ भदौ । यतिवेला बलात्कार पछि हत्या गरिएकी कोलकत्ताको आरजी कर मेडिकल कलेजमा पोष्ट ग्राजुएट्स (पीजी) तहको इन्टर्नशीप गरिरहेकी महिला डाक्टर डा. मौमिता देवानाथको न्यायको माग गर्दै भारतभर प्रदर्शन भइरहेको छ । घटनाबारे त्यहाँको केन्द्रीय जाँच ब्यूरो (सीबीआई)ले अनुसन्धान सुरु गरिसकेको छ ।
यता नेपालमा पनि उक्त घटनाको बिरोधमा तथा डा. मौमिताको न्यायका लागि गरिरहेको प्रदर्शनमा विद्यार्थीहरुले एकेवद्धता जनाउना थालेका छन् ।
यसैबीच धनुषाको जनकपुरमा स्थित राजर्षी जनक विश्वविद्यालय अन्तर्गत विश्वविद्यालय क्याम्पसको स्वास्थ्य संकायका विद्यार्थीहरुले मंगलबार बेलुका ६ बजे रामानन्द चौकमा दीप प्रज्जलन गरि मृतक डा. मौमिताप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
जनस्वास्थ्यका विद्यार्थी ङिमा शेर्पाका अनुसार विश्वविद्यालय क्याम्पसका शिक्षक, कर्मचारी र अन्य संकायमा अध्ययनरत विद्यार्थीहरुको उपस्थितिमा मृतक डाक्टरको न्यायको लागि माग गर्दै श्रद्धाञ्जली अर्पण गरिएको सोही क्याम्पसका स्वास्थ्य संकायमा अध्ययनरत राजेशप्रसाद पालले जानकारी दिए ।
यस भयानक घटनाले नेपालको सम्पूर्ण चिकित्सा एवम् स्वास्थ्य क्षेत्रमा स्तब्ध बनाएको भन्दै सरकारले चिकित्सा एवम् स्वास्थ्यकर्मीलाई सुरक्षा ग्यारेन्टी गर्न विशेष जोड दिइएको सोही क्याम्पसका स्वास्थ्य संकायमा अध्ययनरत विद्यार्थी कृष्ण शाहले बताए ।
भारतको आरजी आर मेडिकल कलेजमा रेस्पिरेटरी मेडिसिनमा स्नातकोत्तर अध्ययनरत डा. मौमिता देवानाथको ९ अगस्ट २०२४ को बिहान अस्पतालको आकस्मिक विभागमा ड्युटीमा रहेको अवस्थामा शव फेला परेको थियो । प्रारम्भिक पोस्टमार्टम परिणामहरुले उनको बलात्कार र हत्या गरिएको पुष्टि गरिएको थियो ।
सम्पर्क इमेल : [email protected]