औषधि प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ, १५ जेठ । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ । अर्थ मन्त्री प्रकाशशरण महतले औषधि प्रयोजनका लागि आगामी आर्थिक वर्ष गाँजा खेती अध्ययन गर्ने बताए । उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको समेत जानकारी दिए ।

अहिले सरकारले गाँजालाई लागू औषधको रुपमा लिने गरेको छ । राजनीति दलका कतिपय नेता तथा सांसदहरुले भने गाँजालाई खुल्ला गर्नु पर्ने बहस उठाउँदै आएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *