काठमाडौँ उपत्यकामा ११२ सहित देशभर थपिए ३०२ जना कोरोना संक्रमित


काठमाडौँ, ९ माघ । पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा १ सय १२ सहित देशभर थप ३ सय २ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ४ सय ८० जना निको भएर घर फर्किएका छन् ।

देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ५४५ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ सय २ जनाको कोरोना भाइरस पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी गराएको छ । नेपालमा हालसम्म कुल २० लाख ३५ हजार ३०१ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

त्यसैगरी काठामाडौँ उपत्यकाका तीन जिल्ला मध्ये काठमाडौँमा ९०, ललितपुरमा १३ र भक्तपुरमा ९ जना गरी थप ११२ जना थपिएका छन् ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६८ हजार ९४८ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६३ हजार ३४८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३ हजार ६१४ रहेको छ । क्वारेनटिनमा १७२ जना रहेका छन् ।त्यसैगरी देशभरका कोरोना अस्पतालका आइसीयूमा १५४ र भेन्टीलेटरमा ३१ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९८६ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *