मुम्बईबाट कोरोनाबिरुद्धको खोप लिएर नेपालका लागि उड्यो विमान

मुम्बईस्थित विमानस्थलमा नेपालका लागि चार्टर विमान तर्फ लोड गर्न लगिएको कोभिडविरुद्धको खोप

काठमाडौँ, ८ माघ । भारतको मुम्बईस्थित छत्रपति शिवजी महाराज इन्टरनेशनल एयरपोर्टबाट कोरोनाबिरुद्धको खोप लिएर एयर इन्डियाको चार्टर विमान काठमाडौँका लागि उडेको छ । विहान ६ : ४० बजे १० लाख डोज कोभिशिल्ड खोप लिएर चार्टड विमान काठमाडौँका लागि उडेको हो ।

काठमाडोँ आइसकेपछि भारतीय दुतावासका अधिकारीहरुले नेपाल सरकारका प्रतिनिधिहरुलाई हस्तान्तरण कार्यक्रम छ । दुतावासका अधिकारीहरुले विहान ११ बजे एयरपोर्टमा खोप हस्तान्तरण गर्ने बताएका छन् ।

यसअघि बुधबार दिउसो स्वास्थ्य मन्त्रालयमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले १० लाख डोज खोप अनुदानमा सहयोग गरेको र विहीबार विहान आइपुग्ने बताएका थिए ।

भारतीय अधिकारीहरुका अनुसार मुम्बईबाट विहान ६ : ४० मा नेपालका लागि १० लाख डोज खोप बोकेर विमान उडेको छ ।

यस्तै मुम्बईबाट विहान ८ बजे २० लाख डोज खोप बोकेर चार्टर विमान बंगलादेशको राजधानी ढाकाका लागि उड्ने बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *