नेपालमा कोरोनाबिरुद्धको खोप ‘केही हप्ता’मै आउने

काठमाडौँ, ४ माघ ।  नेपालमा कोरोनाबिरुद्धको खोप अब छिटै आउने भएको छ । खोप भारतबाट आउने भएको हो ।

स्वास्थ्य सचिव लक्ष्मण अर्यालले त्यसको संकेत गरे । उनले भने, ‘खोपको विषयमा भारत सरकारले नेपाललाई उच्च प्राथमिकतामा राखेको छ । त्यसैले फागुनसम्म कुर्न नपर्ला।’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जाँदा स्वास्थ्य सचिव अर्याल पनि संगै थिए ।

यता भारतीय न्युज च्यानल जी न्युजले नेपाललाई कोरोनाबिरुद्धको खोप दिन भारतले प्रतिवद्धता जनाएको उल्लेख गरेको छ । आइतबार बेलुका प्रकाशित जी न्युजको समाचारमा  भारतद्धारा विकसित कोरोनाबिरुद्धको खोप पाउने नेपाल पहिलो देश बन्ने समेत दावी गरेको छ । उसले खोप उपलव्धता सम्वन्धी घोषणा आगामी सातासम्म हुनसक्ने उल्लेख गरेको छ ।

समाचार अनुसार परराष्ट्रमन्त्रीस्तरीय बैठकमा सहभागी भएका मन्त्री ज्ञवालीलाई भारतीय समकक्षी एस जयशंकरले बैठककै दौरानमा खोप दिने प्रतिवद्धता जनाएका हुन् ।

जी न्युजले अगाडी लेखेको छ, ‘१६ ज्यानवरीका दिन प्रधानमन्त्री नरेन्द्र मोदी कोरोनाबिरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा व्यस्त हुनु परयो । त्यसकारण पनि नेपालका परराष्ट्रमन्त्री ज्ञवालीसंग भेट हुन सकेन तर उनले दोस्रो बरियतामा रहेका रक्षामन्त्री राजनाथ सिंहसंग भेटबार्ता गरे । उसले द्धिपक्षीय सम्वन्ध र हीतका बारेमा मन्त्री ज्ञवालीको प्रस्तुतीबाट दिल्ली प्रभावित भएको समेत उल्लेख गरेको छ ।

सचिव अर्यालले आगामी सातासम्ममा स्वास्थ्यकर्मीलाई दिनुपर्ने तालिम, गर्नुपर्ने ड्राइरन तथा अन्य क्रियाकलापहरुका बारेमा आवश्यक कार्यहरु पुरा गरिसक्ने गरी काम अघि बढेको समेत सुनाए । उनले खोप आएको एक साता भित्र लगाउन शुरु गर्ने योजना रहेको समेत जानकारी दिए ।

‘खोप कति आउँछ कसरी आउँछ अहिले भन्न नमिल्ने भन्दै त्यसको वितरणको मोडालिटी भने पहिले नै तयार भइसकेको उल्लेख गरे । हामीले पहिलो चरणमा खोप कसलाई दिने भनेर प्राथमिकता निर्धारण गरिसकेका छौँ, सोही अनुसार हुन्छ । त्यसमा दायाँबायाँ गर्ने चान्स छैन्,’ उनले भने ।

नेपालले भारतको सिरम इन्स्टिीच्युटमा उत्पादन भइरहेको कोरोनाबिरुद्धको खोप कोभिशिल्डलाई आपतकालिन प्रयोगका लागि अनुमति दिईसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *