देशभर थप २७० जनामा कोरोना संक्रमण, ३९० जना संक्रमणमुक्त


काठमाडौँ, २ माघ । पछिल्लो चौविस घण्टामा देशभर थप २ सय ७० जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ३ सय ९० जना संक्रमणमुक्त भएका छन् । जसमा ९० जना महिला र १८० जना पुरुष छन् ।

त्यसैगरी काठमाडौँ उपत्यकामा १७२ जना संक्रमित थपिएका छन् । जसमा ५९ जना महिला र ११३ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ३ हजार ८४ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २ सय ७० जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । हालसम्म नेपालमा कुल २ लाख ५ हजार १२५ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६६ हजार ८१६ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ६० हजार ५६७ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३०१ रहेको छ । क्वारेनटिनमा २३१ जना रहेका छन् । आइसीयूमा १६५ र भेन्टीलेटरमा ३८जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९४८ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *