पछिल्लो चौविस घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण

काठमाडोँ, १ माघ । पछिल्लो चौविस घण्टामा देशभर ४०३ जनामा कोरोना संक्रमण देखिएको छ । कुल ५ हजार ३२ जनाको परीक्षण गर्दा ४०३ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना अपडेटमा उल्लेख छ ।

मन्त्रालयका अनुसार यहि अवधीमा ४०५ जना कोरोना संक्रमित निको भएका छन् । बिहीबार थप ६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको समेत मन्त्रालयले जनाएको छ ।

यस्तै काठमाडौँ उपत्यका बिहीबार थप २४६ जनामा कोरोना संक्रमण देखिएको छ । उपत्यकाको तीन जिल्लामध्ये सबैभन्दा बढी काठमाडौँमा २२० जना, भक्तपुरमा ३ जना र ललितपुरमा २३ जनामा संक्रमण देखिएको थियो ।

पछिल्ला दिनमा कोरोना संक्रमणको परीक्षण, संक्रमित हुने दर र मृत्यु दर घट्दोक्रममा रहेको देखिएको छ । र संक्रमणमा परी उपचार गराएकाहरु निको हुने दर बढ्दो क्रममा देखिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *