उपत्यकामा २४६ सहित बुधबार देशभर थपिए ४४५ जना कोरोना संक्रमित

काठमाडौँ, २९ पुस । काठमाडौँ उपत्यकामा २४६ जना सहित देशभर बुधबार थप ४४५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कुल ४ हजार १५४ जनाको पीसीआर गर्दा ४४५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा सबैभन्दा बढी १८९ जना, भक्तपुरमा १९ र ललितपुरमा ३८ जनामा संक्रमण देखा परेको थियो ।

मन्त्रालयले बुधबार ४१४ जना कोरोनामुक्त भएको समेत जानकारी दिएको छ । यस्तै संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको उल्लेख गरेको छ ।

आजको दिनसम्म देशभर २ लाख ६६ हजार १४३ जनामा कोरोना संक्रमण भएको छ । त्यसमध्ये २ लाख ५९ हजार ७७२ जना निको भएका छन् । १ हजार ९३७ जनाले ज्यान गुमाएका छन् । ४ हजार ४३४ जना भने अहिले पनि संक्रमित छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *