काठमाडौँ उपत्यकामा थपिए २५९ जना कोरोना संक्रमित


काठमाडौँ, २८ पुस। काठमाडौँ उपत्यकामा मंगलवार थप २ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ११५ जना महिला र १४४ जना पुरुष छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २२१, ललितपुरमा २९ र भक्तपुरमा ९ जना गरी २५९ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थप ५ हजार ३ सय जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा ३९० जना डिस्चार्ज भएका छन्। थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *