देशभर थप ४८८ जनामा कोरोना संक्रमण, ५२७ जना संक्रमणमुक्त

काठमाडौँ, २७ पुस । पछिल्लो चौविस घण्टामा देशभर थप ४ सय ८८ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ । यही अवधीमा देशभरबाट थप ५ सय २७जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ५ हजार ३०९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४ सय ८८ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो । हालसम्म नेपालमा कुल १९ लाख ८७ हजार ५५५ जनाको पीसीआर नमुना परीक्षण भएको छ ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ । भने कोरोनामुक्त हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको छ । क्वारेनटिनमा २३७ जना रहेका छन् । आइसीयूमा १६३ र भेन्टीलेटरमा ३७ जना उपचाररत छन् ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९२७ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *