काठमाडौँ उपत्यकामा शनिवार थपिए १९४ जना कोरोना संक्रमित


काठमाडौँ, २५ पुस। काठमाडौँ उपत्यकामा शनिवार थप १ सय ९४ जना कोरोना संक्रमित थपिएका छन् । जसमा ९१ महिला र १०३ जना पुरुष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५३, ललितपुरमा २३ र भक्तपुरमा १८ जना गरी १९४ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज थप ४ हजार २८६ जनाको पीसीआर नमुना परीक्षण गर्दा देशभर थप ३६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यही अवधीमा ६९९ जना डिस्चार्ज भएका छन्। थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यसैगरी देशभरका कोभिड अस्पतालका आइसीयूमा १८६ र भेन्टीलेटरमा ३८ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *