भारतका लागि नेपाली राजदूत आचार्यले गरे सेरम र बायोन्टेकका उच्च अधिकारीसंग छलफल

काठमाडौँ, २५ पुस ।  भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले नेपाललाई कोभिड -१९ बिरुद्धको खोप उपलव्ध गराउने विषयमा सेरम इन्स्टिच्युट अफ इन्डियाका महाप्रवन्धक प्रासेन आध्यासंग छलफल गरेका छन् ।

सेरमले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीले तयार गरेको कोभिशिल्ड खोप उत्पादन गरिरहेको छ । यो खोपलाई अहिले भारत, बेलायत, अमेरिका सहित विश्वका धेरै मुलुकहरुले कोभिडविरुद्धको अभियानमा आपतकालिन रुपमा प्रयोग गर्न अनुमति दिइसकेका छन् ।

नयाँ दिल्लीस्थित नेपाली दुतावासका अनुसार शुक्रबार राजदूत आचार्य र महाप्रवन्धक आध्याबीच भिडियो कन्फ्रेन्स मार्फत छलफल भएको थियो । राजदूत आचार्यले यसअघि त्यस कम्पनीका निर्देशक प्रकाश सिंह, नीति आयोगका प्रमुख अभिताव कान्त नेपाललाई खोप उपलव्ध गराउने सम्वन्धमा छलफल गरेका थिए ।

यसैगरी राजदूत आचार्यले बुधबार मात्रै भारत बायोन्टेका कार्यकारी निर्देशक डा भि कृष्णमोहन सहितको टोलीसंग भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका थिए ।

भारत बायोन्टेकले तयार गरेको कोभ्याक्सिनलाई समेत भारतले आपतकालिन प्रयोगका लागि अनुमति दिइसकेको छ ।

भारतमा कोरोनाबिरुद्धको खोप अभियान शुरु गरेकै बखत नेपालमा पनि खोप लगाउने योजनामा सरकार रहेको छ । त्यसका लागि कुटनीतिक पहल गरिरहेको स्वास्थ्य मन्त्रालय स्रोतले बताएको छ ।

भारतले कहिले देखि खोप अभियान शुरु गर्छ भन्ने एकीन छैन तर अधिकारीहरुले आगामी साताबाट खोप लगाउन शुरु गर्न सक्ने संकेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *