नेपाल औषधि लिमिटेडको महाप्रवन्धक पदमा मोहम्मद सफिउल्लाह नियुक्त


काठमाडौँ, २२ पुस । नेपाल औषधि लिमिटेडको महाप्रवन्धक पदमा रौतहटका मोहम्मद  सफिउल्लाह नियुक्त भएका छन् । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले आज मन्त्रीस्तरीय निर्णय गर्दै फर्मासिस्ट सफिउल्लाहलाई महाप्रवन्धक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

‘नियुक्ती गरेको भन्ने जानकारी आएको छ, पत्र बुझिसकेको छैन्, सम्भवत बिहीबार मन्त्रालय पुगेर पत्र बुझ्ने छु,’ सफिउल्लाहले भने ।

खुल्ला प्रतिस्पर्धाबाट महाप्रवन्धक छनौट गर्न मन्त्रालयले गत ३ भदौमा सूचना प्रकाशित गरी दरखास्त आव्हान गरेको थियो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारीको नियुक्ति र मनोनयन सम्बन्धी निर्देशिका, २०७७ अनुसार गठित सिफारिस समितिले सार्वजनिक गरेको सूचना अनुसार दरखास्त दिएकामध्ये अन्तिममा तीन जना छनौट गरी मन्त्रिरिषदमा पठाउने निर्णय भएको थियो ।

त्यसमा सफिउल्लाह सहित गुल्मीका अर्जुन अर्याल र ललितपुरका राजकुमार थापाको नाम पठाएको थियो ।

मन्त्रिपरिषदले छनौट गर्ने अधिकार पुन मन्त्रीलाई नै दिएपछि आज सफिउल्लाह नियुक्त भएका हुन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *