खोप, समायोजन र अस्पताल निर्माण मेरो प्राथमिकता : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौँ, २२ पुस । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले खोप, समायोजन र पालिकामा बनेको अस्पताल निर्माण गर्ने कार्य आफ्नो प्राथमिकतामा परेको बताएका छन् । कान्ति बाल अस्पतालको ५९ औँ बार्षिकोत्सव समारोहलाई सम्वोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

‘विसम परिस्थितिमा स्वास्थ्यको जिम्मेवारी लिन आएको छु, मेरो प्राथमिकतामा अहिले कोभिडबिरुद्धको खोप आयात गर्ने काम, स्वास्थ्यकर्मीको बाँकी रहेको समायोजनको काम टुंग्याउने र यसबर्ष देखि निर्माण सुरु भएका पालिकाहरुका ५ १० र १५ बेडको अस्पताल समयमै निर्णाण गरी तोकिएको समयबाटै सेवा प्रारम्भ गर्ने योजना छ । अहिलेलाई मेरा यी तीन कार्यलाई मुख्य प्राथमिकता दिएर काम सुरु गरेको छु,’  उनले भने ।

उनले आफ्ना यी प्राथमिकता पुरा गर्न चुनौती अवश्य रहेको भन्दै त्यसलाई तोकिएको समयमै सफल भएर छाड्ने बताए ।

कार्यक्रममा उनले कान्ति अस्पतालले पुर्‍याएको सेवाको प्रशंसा गर्दै थप सेवामा थप विस्तार गर्न आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *