पीजीको प्रवेश परीक्षा नतिजा प्रकाशित : एमडी/एमएसमा २८७५ जना पास (नतिजा सहित )

काठमाडौँ, २२ पुस ।  चिकित्सा शिक्षा आयोगले गत १८, १९ र २० पुसमा लिएको चिकित्साशास्त्र तर्फ स्नातकोत्तर ९पोष्ट ग्राजुएट्स पीजी० तहको एमडीएमएस तर्फको नतिजा प्रकाशित गरेको छ । केही वेर अघि गरी प्रकाशित गरेको नतिजा खुल्ला, सरकारी र विदेशी विद्यार्थीको नतिजा प्रकाशित भएको हो ।

आयोग स्रोतका अनुसार एमडीएमएस तर्फ परीक्षामा सहभागी ५ हजार ५६८ जनामध्ये २ हजार ८७५ जना पास भएका छन् ।

त्यसमा ४६ जना विदेशी, २०२ जना सरकारी चिकित्सक छन् । यस्तै २ हजार ४७० जना अनुभव चाहिने र १५७ जना अनुभव नचाहिने समूहबाट उत्तीर्ण भएका छन् ।

पीजीको परीक्षामा कुल ७ हजार ६८३ जनाले फारम भरेका थिए ।

आयोगले पहिलो पटक एकीकृत प्रवेश परीक्षा सञ्चालन गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *