स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रसुवा गठन

धुन्चे, २० पुस ।  नेपाल स्वयंसेवी रक्तदाता समाज जिल्ला शाखा रसुवा गठन भएको छ । समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यको उपस्थितिमा आइतबार धुन्चेमा भएको भेलाले प्रमिला लामाको अध्यक्षतामा जिल्ला शाखा गठन गरेको हो ।

१५ सदस्यीय नवगठित कार्यसमितिको उपाध्यक्षमा रामशरण (निशान) गजुरेल, सचिव गोरमेन नेकोर तामाङ्ग र कोषाध्यक्षमा सेनग्याल्मो तामाङ्गलाई चुनिएको छ । संस्थाको सदस्य पदमा ज्ञानेन्द्रनाथ न्यौपाने, दीपक लामा, सुनिता माया गुरुङ, अनु आचार्य र अच्युत राज न्यौपाने चयन भएका छन् । यस्तै गौरब सापकोटा, हिमनाथ देवाकोटा, छेवाङ्ग तामाङ्ग, गोमा खनाल, सुरेश थोक्रा र जयराम आचार्य पनि जिल्ला कमिटिको सदस्य बनेका छन् ।

भेलालाई सम्वोधन गर्दै समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता कर्माचार्यले रक्तदानको महत्वबारे चर्चा गरेका थिए । उनले जिल्ला शाखा गठन गर्नुको उद्धेश्यबारे समेत प्रकाश पारेका थिए । स्थानीय समाजसेवी तोया न्यौपाने अतिथि भएको भेलाको संयोजन अधिवक्ता फुर्पा तामाङ्गले गरेका थिए ।

नव गठित समितिका पदाधिकारी तथा सदस्यहरुलाई समाजका केन्द्रीय अध्यक्ष कर्माचार्यले लोगो अंकित ब्याज प्रदान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *