प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि मुम्बई लगियो

काठमाडौँ, २० पुस । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको मुम्वई लगिएको छ । विहान ११:२० बजे नेपाल एयरलाइन्सको उडानबाट उनलाई नयाँ दिल्ली हुँदै मुम्बई लगिएको हो ।

सीताका साथमा पति प्रचण्ड र छोरीहरु रेणु दाहाल र गंगा दाहाल समेत त्यसतर्फ लागेका छन् । उनको उपचार मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युटमा हुने बताइएको छ ।

सो अस्पतालका डाइरेक्टर तथा कन्सलट्यान्ट न्यूरो सर्जन डा. आलोक शर्माको टोलीले उपचार गर्ने प्रचण्डका प्रेस सल्लाहका विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

सीता दाहाल लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगले पीडित छिन् ।

त्यसलाई ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी)’ भनिन्छ ।

मुम्बईस्थित न्यूरोजेन ब्रेन एण्ड स्पाइन इन्सटिच्युट

समस्या बढेको भन्दै गत १५ पुसका दिन सीतालाई परिवारले भैसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा लगेका थिए ।

एक रात राखेर उनलाई अर्को दिन डिस्चार्ज गरी घरमै आराम गराएका थिए । यसअघि उनको उपचार अमेरिका, सिंगापुरमा पनि भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *