सातवटै प्रदेशमा एकाई कार्यलय स्थापना गर्दै स्वास्थ्य अनुसन्धान परिषद्

काठमाडौँ, २० पुस । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सातवटै प्रदेशमा एकाई कार्यालय स्थापना गर्ने भएको छ । परिषदले प्रदेश सरकारसंग समन्वय गरी यसै आर्थिक बर्षमा एकाई कार्यालय स्थापना गर्ने भएको हो ।

एकाई कार्यालय स्थापना गर्न चालु आर्थिक बर्षको बजेटमा एक करोड बढी रकम छुट्याइएको परिषदका सदस्य सचिव डा प्रदीप ज्ञवालीले बताए ।

‘यो बर्ष हामीले सातवटै प्रदेशमा एकाई कार्यालय स्थापना गर्छौं, प्रत्येक एकाईमा कम्तीमा तीन जना स्टाफ रहने छन् । र उनीहरुले प्रदेश सरकारसंग समन्वय गरी अनुसन्धानका गतिविधिहरुलाई सहजीकरण गर्ने छन्,’ डा ज्ञवालीले भने । उनले देश संघीय स्वरुपमा अघि बढेको अवस्थामा परिषद्ले पनि आफ्नो ढाँचालाई सोही अनुसार अघि बढाएको बताए ।

परिषद्ले आर्थिक बर्ष भित्रै सातवटै प्रदेशमा कार्यलय स्थापना गर्न आफ्नै नाममा जग्गाको व्यवस्था मिलाउने योजनामा रहेको समेत डा ज्ञवालीले जानकारी दिए

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *