पेटभित्रको शिशुको धडकन रोकिएपछि कीर्तिपुर अस्पतालमा तोडफोड


काठमाडौँ, १८ पुस । सुत्केरी हुने क्रममा पेटमै शिशुको मृत्यु भएपछि आक्रोशित एक समूहले कीर्तिपुर अस्पताल तोडफोड गरेको छ । प्रहरीले तोडफोडमा सम्लग्न भएको आरोपमा १७ जनालाई नियन्त्रणमा लिएको छ ।

घटना आज दिउसो दुई बजे तिरको हो ।

चन्द्रागिरी घर भएकी सविना सुवेदी थापा सुत्केरी हुनका लागि आज विहान ३ बजे अस्पताल भर्ना भएकी थिइन । उनलाई राम्ररी व्यथा लागेको थियो । मध्यान्न सबा १२ बजे तिर नर्मल डेलिभरी हुँदै थिइन तर बच्चाको टाउको निस्कने बेलामा एक्कासी धडकन बन्द भयो । चिकित्सक टोलीले थापाका आफन्तलाई तत्काल जानकारी गराए । आत्तिएका आफन्तहरुले शल्यक्रिया गरी शिशु झिक्न भने । आफन्तको दवाव पछि चिकित्सक टोलीे सिएस गरेर शिशु झिकिदियो तर मृत अवस्थाको । त्यसको केही क्षणपछि नै अस्पतालमा हुलदंगा र तोडफोड हुनथाल्यो ।

अस्पतालकी मेडिकल डाइरेटर डा. निजिना ताम्राकारले नर्मल अवस्थामा डेलिभरी हुँदै गर्दा अचानक शिशुमा जटिलता आएको बताइन । उनले के कारणले यस्तो भयो भन्न नसकिने समेत स्पष्ट पारिन ।

‘गर्भवती महिला हाइपोथाइराडिजम पनि हो । त्यसैले जटिलता आयो कि भन्ने लाग्छ । तर अन्तिम अवस्थासम्म सब ठिकठाक थियो । बच्चाको टाउको निस्कने बेलामा एक्कासी धडकन रोकियो । त्यसपछि हामीले तत्कालै आफन्तलाई जानकारी गरायौँ । भिडियो एक्सरे गरेर पनि देखायौँ । उहाँहरुले सिएस गर्न भन्नुभयो । साधरणतया धडकन नभएको शिशुको सिएस गर्दैनौँ । तर उहाँहरुको आग्रहअनुसार नै सिएस गरियो र निकालियो तर शिशु जिवीत थिएन । त्यसको एकछिनमै तोडफोडमा उत्रिनु भयो,’ उनले भनिन् ।

तोडफोडमा उत्रिनेहरुले चिकित्सक र अस्पतालको लापरवाही भएको नारा लगाएका थिए ।.

डा ताम्राकारले पछि प्रहरी आएर स्थितिलाई नियन्त्रणमा लिइएको बताइन ।

तोडफोडबाट अस्पतालको सिसाहरु फुटेको उनले जानकारी दिइन । उनले तोडफोडमा उत्रिनेहरु सुत्केरीको नजिकका आफन्त भन्दा परका मानिसहरु हो कि भन्ने लागेको बताइन । ‘भित्र आफ्नो मान्छे उपचारमै छ बाहिर त्यसरी तोडफोड गर्न त कसरी सक्छ होला । तर तोडफोड भयो,’ डा ताम्राकारले भनिन् ।

उनले तोडफोडमा उत्रिनेहरुले लगाएको लापरवाहीको आरोपमा सत्यता नभएको समेत दावी गरिन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *