प्रदेश नं १ का सामाजिक विकास मन्त्री र राज्यमन्त्रीद्धारा राजिनामा

बिराटनगर, १२ पुस । प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले पदबाट राजिनामा दिएका छन् । मुख्य मन्त्री शेरधन राईलाई आइतबार संयुक्त रुपमा पत्र लेख्दै उनीहरुले पदबाट राजिनामा दिएको घोषणा गरेका हुन् ।

संयुक्त राजिनामा पत्रमा पर्यटन तथा बाताबरण राज्यमन्त्री विजयकुमार विश्वासको समेत हस्ताक्षर रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र आएको फुटका कारण उनीहरुको राजिनामा आएको हो । राजिनामा दिने घिमिरे, गजमेर र विश्वास, नेकपामा प्रचण्ड माधन नेपाल निकट मानिन्छन् ।

केन्द्रमा देखिएको पार्टी फुट र संसद विघटनको असर अहिले प्रदेशमा धमाधम देखिन थालेको छ । आइतबार नै मुख्यमन्त्री राई विरुद्ध अविश्वास प्रस्ताव राख्ने तयारी रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *