कोरोना संक्रमण अत्यधिक बढेपछि जर्मनीमा ‘आंशिक लकडाउन’को घोषणा

बर्लीन । जर्मनीमा पुन:  ‘आंशिक लकडाउन’को घोषणा गरिएको छ । कोरोना संक्रमण हुने र त्यसबाट मृत्यु हुने दरमा तिब्रता आएपछि पुन : ‘आंशिक लकडाउन’को घोषणा गरिएको हो । आंशिक लकडाउनमा  अत्यावश्यक बाहेकका सबै पसल, विद्यालयलगायत बन्द गर्न आह्वान गरिएको छ ।

चान्सलर एंगेला मर्केलले बुधबारदेखि पुन अत्यावश्यक बाहेकका सबै पसल तथा कार्यालयहरू बन्द गर्न आह्वान गरेकी हुन् ।

अहिले घोषणा गरिएको यो प्रकारको आशिंक लकडाउन कम्तीमा जनवरी १० तारिखसम्म रहने र त्यसपछि अवस्था हेरेर निर्णय गरिने पनि उनले स्पष्ट पारिन ।

युरोपकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको मुलुकमा महामारी झन झन बढ्दै गएपछि त्यस क्षेत्रकै लागि चुनौती भएको छ ।

अर्थतन्त्रमा धेरै नकारात्मक असर परिरहेकाले कामदारहरूलाई घरबाटै काम गर्न पनि सरोकारवाला सबैलाई मर्केलले आग्रह गरेकी छन्।

त्यसैगरी सार्वजनिक स्थलमा रक्सीको कारोबार गर्न पनि प्रतिबन्ध लगाइएको छ भने कपाल काट्ने ठाउँ पनि बन्द गर्न भनिएको छ ।

आंशिक लकडाउनका बारेमा र त्यसको व्यवस्थापनका बारेमा चान्सलर मर्केलले आइतबार १६ राज्यका नेताहरूसँग छलफल पनि गरेकी थिइन ।

क्रिसमन, नयाँ वर्षलगायतका महत्वपूर्ण चाडपर्वहरू मनाउने बेला भएकाले पनि सङ्क्रमण थप फैलिन सक्नेतर्फ सरकारी अधिकारीहरूले चिन्ता व्यक्त गरेका छन् ।

उनीहरूले चाडपर्व मनाउनका लागि भीडभाड हुने, किनमेल बढ्ने, रमाइलो गतिविधिहरू धेरै हुने भएकाले पनि तत्काल लकडाउनको आवश्यकता भएकोमा जोड दिएका थिए ।

“देशमा कोरोनभाइरसको महामारीको अवस्था नियन्त्रणभन्दा बाहिर गइसकेको छ,” बाभारिया राज्यका प्रमुख मर्कुस सोएडरले भने । चान्सलर मर्केलको आह्वानलाई आफूले आफ्नो राज्यमा पूर्ण रूपमा कार्यान्वयन गराउने अठोट पनि उनले व्यक्त गरेका छन् ।

जर्मनीमा यसअघि पनि धेरै नियन्त्रणका व्यवस्थाहरू लागू गरेकाले महामारी न्युनीकरण भएको थियो । तर अहिले फेरी अत्यधिक बढ्न थालेपछि सर्वत्र चासो र सक्रियता बढेको छ।

सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार जर्मनीमा अहिलेसम्म १३ लाख २० हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने २२ हजार १७१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *