पछिल्लो २४ घण्टामा देशभर १७०३ जना कोरोना संक्रमित थपिए, १२३६ जना संक्रमणमुक्त


काठमाडौँ, १२ मंसिर । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ७ सय ३ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १० हजार ४६० पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ७ सय ३ जनाको कोरोना भाइरस पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार २३७ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप १ हाजर २ सय ३६ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ ।

पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमणबाट थप २३ जनाको निधन भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १ हजार ४ सय ३५ पुगेको छ । आइसीयूमा ३५४ जना र भेन्टीलेटरमा ५४ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *