स्वास्थ्य मन्त्रालयले अस्पताललाई भन्यो, ‘जोखिम भत्ता तत्काल उपलव्ध गराउनु’

काठमाडौँ, १२ मंसिर । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुको जोखिम भत्ता नियमित रुपमा निकासा हुने भन्दै अलमलमा नपर्न सरोकारवालाई आग्रह गरेको छ ।

जोखिमभत्ता नपाएको भन्दै वीर अस्पताल सहित विभिन्न स्वास्थ्यसंस्थामा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका बेला मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

शुक्रबार मन्त्रालयद्धारा जारी विज्ञप्तीमा असोज मसान्तसम्मको जोखिम भत्ता र कोभिड १९ का बिरामीको उपचार गरेका अस्पतालहरुलाई प्रतिदिनका दरले उपचार खर्च समेत गरी कुल ६६ करोड ८७ लाख ४५ हजार रुपैयाँ पठाइसकिएको भन्दै कात्तिक महिनाको रकम निकासा हुने क्रममा रहेको बताएको छ ।

उसले कोरोना भाइरस संक्रमणको उपचार बापत अस्पतालहरुलाई अनुदान उपलव्ध गराउने सम्बन्धी आदेश २०७७ र कोरोना भाइरसको उपचारमा सम्लग्न जनशक्तिको जोखिम भत्ता सम्वन्धी आदेश २०७७ अनुसार रकम निकासा भएको भन्दै सोही अनुसार वितरण गर्न समेत अस्पतालहरुलाई निर्देशन दिएको छ ।

अहिलेसम्म कोभिड भत्ता उपलव्ध नगराएका अस्पतालहरुलाई तत्काल भत्ता उपलव्ध गराउन समेत निर्देशन दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *