राष्ट्रिय औषधि प्रयोगशालाका प्रमुख ढकाललाई मन्त्रालय तानियो

काठमाडौँ, ११ मंसिर ।  राष्ट्रिय औषधि प्रयोगशालाका प्रमुख नारायणप्रसाद ढकाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन् ।

स्वास्थ्य मन्त्री भानुभक्त ढकालले आज मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई तीन महिने कामकाजका लागि मन्त्रालय तानेका हुन् ।

मन्त्रालयमा उनलाई आईसीएस कमाण्ड अन्तरगर्त रही कोभिड नियन्त्रणमै क्रियाशिल हुन भनिएको छ ।

औषधि व्यवस्था विभागमा महानिर्देशक रहेका ढकाललाई मन्त्री ढकालले गत २९ असोजमा राष्ट्रिय औषधि प्रयोगशालाको प्रमुखको जिम्मेवारीमा पठाएका थिए । तर ,ढकालले त्यहाँ जान अनिच्छा प्रकट गर्दै आइरहेका थिए ।

‘बरु मन्त्रालयमै आउँछु भन्न थाल्नु भयो । त्यसैले तीन महिने काजमा ल्याइयो,’ स्वास्थ्य मन्त्री ढकालको सचिवालयले भन्यो, ‘उहाँलाई अव कोभिड – १९ नियन्त्रणमै क्रियाशिल हुन भनिएको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *