धरानमा थप एक जना कोरोना संक्रमितको मृत्यु

धरान, १० मंसिर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० बर्षका पुरुष रहेका छन् ।

राजविराज ४ सप्तरी घर भएका ती पुरुषमा गत १ मंसिरमा कोरोना संक्रमण भएको पुष्टी भएको थियो । सोही दिन अस्पताल भर्ना भएका उनको हिजो दिउसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

संक्रमण हुनु अघि नै उनमा कलेजो रोगबाट ग्रसित रहेको अस्पतालले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *