गण्डकी प्रदेशमा थपिए ९१ जना कोरोना संक्रमित


पोखरा, ९ मंसिर । पछिल्लो चौबिस घण्टामा गण्डकी प्रदेशमा थप ९१ जना कोरोना संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा थप ९१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माका अनुसार संक्रमित हुनेहरु ६ जिल्ला छन् । जसमा गोरखाका १७, कास्कीका ५५, लमजुङका १, नवलपरासी पूर्वका ५, साङ्जाका २, तनहुँका ११ जना रहेका छन् ।

सबैजना संक्रमितहरु contact tracing  बाट पहिचान भएका हुन् । उनीहरु सबैलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको छ ।

यो अपडेटसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ११ हजार २८१ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *