यी हुन् ३९६ वटा आधारभूत अस्पताल बन्न लागेका स्थानीय तह (सूची सहित)

काठमाडौँ, ८ मंसिर । सङ्घीय सरकारले सबै स्थानीय तहमा अस्पताल निर्माण गर्ने लक्ष्यका साथ पहिलो चरणमा कूल ३९६ वटा स्थानीय तहमा अस्पताल निर्माण शुरु गर्दैछ । आधारभूत तहको भनिएको ती अस्पतालहरु पाँच, दश र पन्ध शैय्याका हुनेछन् ।

आगामी १५ मंसिरमा अर्थ मन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले एक साथ ३९६ वटा अस्पताल भवनको सिलान्यास गर्नेछन् । त्यस लगत्तै स्थानीय तहले भवन निर्माणका लागि ठेक्का दिएर निर्माण शुरु गर्ने योजना अघि बढेको छ ।

अर्थमन्त्री  पौडेलले सो कार्यका लागि रु ५७ अर्ब ९७ करोड ११ लाख ९० हजार बराबरको निर्माण संरचना अगाडि बढाउने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सहमति दिएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दङ्गालले पाँचदेखि १५ श्ययाका आधारभूत अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी बहुवर्षीय ठेक्का प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयले सहमति दिने निर्णय गरेको जानकारी दिए ।

यसरी कायम हुने रकम स्वास्थ्य मन्त्रालयको वार्षिक बजेटमा समावेश गरी स्थानीय तहमा सशर्त अनुदानका रुपमा उपलब्ध गराइनेछ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि यसअघि रु छ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ ।

यी अस्पताल कहाँ कहाँ बन्दैछन् ? हेर्नुहोस सूची

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *