विषाक्त रसायन भेटिएपछि ५ वटा उद्योगका स्यानिटाइजर प्रयोगमा रोक

काठमाडौँ, ५ मंसिर । औषधि व्यवस्था विभागले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका ५ वटा उद्योगले उत्पादन गरेका स्यानिटाइजर प्रयोगमा रोक लगाएको छ ।

ललितपुर, मोरङ र सुनसरीका ती उद्योगबाट उत्पादित स्यानिटाइजरमा मानव स्वास्थ्यलाई हानि पुर्‍याउने विषाक्त रसायन (मिथानोल)को मात्रा अत्यधिक रहेको पुष्टि भएपछि प्रयोगमा रोक लगाइएको हो ।

त्यसरी प्रयोगमा रोक लगाइएका उद्योगहरुमा ललितपुरको एमके हर्वल इन्डस्टी, विराटनगर–१५को ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल प्रालि, सुनसरी नरसिंह चोकस्थित सीता हर्बल केमिकल उद्योग, धरानको मकालु जडीबुटी उद्योग, विराटनगरको सुमिना उद्योग रहेका छन् । ती उद्योगबाट उत्पादित स्यानिटाइजरको नमूना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा मिथानोल बढी प्रयोग भएको पाइएको थियो ।

मिथानोल प्रयोग गरेको पुष्टि भएपछि विभागले ग्यालेक्सी डेन्टल एन्ड सर्जिकल प्रालिले उत्पादन गरेको दुई हजार लिटर स्यानिटाइजर नष्ट गरेको छ । विभागले अरू उद्योगले उत्पादन गरेर बजारमा पुर्‍याएको सेनिटाइजर पनि अनुगमन गरेर नष्ट गरिने बताएको छ ।

विभागले यसअघि १४ ब्रान्डका सेनिटाइजरमा मिथानोल अत्यधिक मात्रामा मिसावट गरेको भन्दै प्रयोग गर्न रोक लगाएको थियो । विषाक्त रसायन मिथानोल मिसावट गरिएको सेनिटाइजर प्रयोग गर्दा हात सुन्निने, फुस्रो हुने र मानिसको मृत्युसमेत हुने चिकित्सकहरूको भनाइ छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *