कान्ति अस्पतालको विशेषज्ञ सेवा क्लिनिक प्रत्येक मंगलबार त्रिशुली अस्पतालबाट

काठमाडौँ, २० कात्तिक । कान्ति बाल अस्पतालले आफ्नो विशेषज्ञ सेवा नुवाकोटस्थित त्रिशुली अस्पतालबाट पनि उपलव्ध गराउने भएको छ । कान्तिले आफ्नो स्याटेलाइट क्लिनिकको रुपमा हरेक मंगलबार त्रिशुली अस्पतालबाट विशेषज्ञ सेवा उपलव्ध गराउने भएको हो ।

सेवा उपलव्ध गराउने सम्वन्धमा गत मंगलबार नुवाकोटमा कान्ति अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेल र त्रिशुली अस्पतालका मेसु डा सुनिता केसीबीच सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।

कान्तिका निर्देशक डा पौडेलले आगामी साताबाट सेवा सञ्चालन गरिने बताए । उनले मंगलबार सार्वजनिक विदा परेमा भने सेवा नहुने स्पष्ट पारे ।

सरकारको नीति तथा कार्यक्रममा केन्द्रीय अस्पताल तथा स्वास्थ्य संस्थाहरुले स्याटेलाइट क्लिनिक सञ्चालन सम्वन्धी कार्यविधि २०७७ अनुसार एउटा एउटा प्रदेश स्तरका अस्पतालहरुमा विशेषज्ञ सेवा उपल्वध गराउनुपर्ने हुन्छ । सोही कार्यविधि अनुसार कान्तिले त्रिशुली अस्पतालसंग विशेषज्ञ सेवा दिन सम्झौँता गरेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *