बुधबार देशभर थप १९५४ जनामा कोरोना संक्रमण, २९८१ जना कोरोनामुक्त

काठमाडौँ, १२ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप १ हजार ९५४ जनामा कोरोना भाइरस देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा ८ हजार २४८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १ हजार ९५४ जनाको पोजेटिभ आएको हो ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६२ हजार ३५४ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ६४३ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हजार ९८१ जना कोरोनामुक्त भएका छन् । यो सहित कोरोनामुक्त हुनेको संख्या १ लाख २१ हजार ८२४ पुगेको छ । चौबिस घण्टमा थप ११ जनाको मृत्यु भएको छ ।भने हालसम्म मृत्यु हुनेको संख्या ८ सय ८७ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *