कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु, मृतकको संख्या ८४२ पुग्यो

sf7df8f}F !$ c;f]h M sf]/f]gf efO/;af6 d’To’ ePsf] zjnfO{ sf7df8f}Fsf] kz’kltl:yt ljB’tLo zjbfx u[xdf zjjfxgaf6 zj lgsfNb} g]kfnL ;]gf . sf]/f]gf efO/;af6 d’To’ ePsf zjsf] Joj:ykg g]kfnL ;]gfn] ubf{ cfPsf] 5 . tl:a/ M /f]zg ;fksf]6f÷/f;;

काठमाडौँ, ८ कात्तिक । पछिल्लो चौबिस घण्टामा देशभर थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४२ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप २ हजार २ सय २५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप २ हजार ८ सय ४६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ४६ हजार ५७ रहेको छ । आइसीयूमा ३०७ र भेन्टीलेटरमा ७० जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *