यतिकेमले ल्यायो दुई हजार भाइल रेम्डेसिभिर औषधि, तत्कालको अभाव हट्ने विश्वास

काठमाडौँ, ७ कात्तिक । नेपालमा आज थप दुई हजार भाइल रेम्डेसिभिर औषधि भित्रिएको छ । भारतीय औषधि कम्पनीले सिप्लाद्धारा उत्पादित रेम्डेसिभिर औषधि यतिकेम डिस्ट्रीब्युटर प्रालिले नेपाल भित्र्याएको हो ।  औषधि भित्रिएसंगै तत्काल देखिएको औषधि अभाव हट्ने विश्वास गरिएको छ ।

यतिकेमका प्रमुख प्रभुराज बैद्यले आज शुक्रबार अपरान्ह हवाई मार्गबाट र स्थलमार्गबाट गरी दुई हजार भाइल रेम्डेसिभिर आइपुगेको बताए । उनले भोलिबाट सरकारले तोकेका ४७ वटा कोभिड – १९ अस्पतालहरुमा औषधि वितरण गरिने जानकारी दिए । त्यसो त आजै बेलुका पनि अफ्ट्यारामा परेका १५ – २० जना बिरामीका आफन्तले अस्पतालको सिफारिस सहित आएर औषधि लगेको बताए ।

‘क्लिनिकल ट्रायल’ मै रहेको यो औषधिलाई कोरोना विरुद्ध प्रयोग गर्न युएस एफडीएले समेत मान्यता दिएको छ ।  यो औषधि नेपालमा प्रयोग भइसकेको छ । यसको प्रभावकारीता चित्तबुझ्दो देखिएको चिकित्सकहरुले बताउँदै आएका छन् । संक्रमण बढेसंगै यो औषधिको माग समेत बढेको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को निगरानीमा यो औषधि कोभिड – १९ उपचार गर्न सूचीकृत अस्पतालहरुले चलाईरहेका छन् । परिषद्कै सिफारिसमा औषधि व्यवस्था विभागले यो औषधिको आयात अनुमति दिदै आएको छ ।

यतिकेमका प्रमुख बैद्यले समयमै आयात अनुमति नपाउँदा यसपटक सप्लाई चेनमा गडबडी भएको भन्दै मागलाई हेरेर समयमै आयात अनुमति दिनका लागि आग्रह समेत गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *