कोभिड – १९ को परीक्षण र उपचार दशैं विदामा पनि यथावत

काठमाडौँ, ५ कात्तिक । सरकारले कोभिड १९ को परीक्षण गर्ने प्रयोगशाला र उपचार गर्ने कोभिड -१९ अस्पतालको सेवा दशैं विदामा पनि यथावत रुपमा सञ्चालन रहने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले आवश्यकता अनुसार परीक्षण र उपचार सेवा यथावत रुपमा सञ्चालन गर्ने गराउने निर्णय भएको बताए ।

त्यसो त आजको दिनमा देशभर ४४ हजार ४७६ संक्रीय संक्रमित रहँदा १४ हजार ६७६ जना भने अस्पतालमै भर्ना भएर उपचाररत छन् । आज मात्रै ५ हजार ७४३ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रवक्ता डा गौतमले कोरोना नियन्त्रण र रोकथाम सम्भव रहेको र यसको लागि सबैले आ(आफ्नो क्षेत्रबाट सहयोग गर्न समेत अनुरोध गरेका छन् ।

कोरोना रोकथाम नियन्त्रण तथा उपचारका लागि सरकारले गरेको निर्णयलाई अपव्याख्या गरी कतिपय सञ्चारमाध्यमबाट भ्रामक समाचार आइरहेको भन्दै उनले भ्रम फैलाउने समाचार नदिन समेत सम्वन्धीत पक्षलाई आग्रह गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *