अफिन अध्यक्ष बसन्त चौधरी कोरोना संक्रमणमा

काठमाडौँ, ५ कात्तिक । एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टच्यूसन अफ नेपाल (अफिन)का अध्यक्ष बसन्त चौधरी कोरोना संक्रमणमा परेका छन् ।

नर्भिक अस्पतालका सञ्चालक समेत रहेका चौधरीले आफू कोरोना संक्रमणमा परेको सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

‘सामान्य लक्षण देखियो त्यसपछि कोरोना परीक्षणका लागि नमूना दिएको थिएँ, गए राती कोरोना पोजेटिभ भएको रिपोर्ट आयो,’ उलने अगाडी थपेका छन्, ‘पछिल्लो पाँच दिन देखि मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई सजग र सतर्क रहनुहोला ।’

उनी अहिले चिकित्सकसंगको परामर्शमा होम आइसोलेसनमै रहेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *