स्वास्थ्य सेवा विभागका ४० बढी कर्मचारीमा कोरोना संक्रमण

काठमाडौँ, ४ कात्तिक । पछिल्लो दुई साता यता स्वास्थ्य सेवा विभागका विभिन्न महाशाखामा कार्यरत ४० बढी कर्मचारी कोरोना संक्रमणमा परेका छन् । एक जनाको कोरोना संक्रमणबाट ज्यान नै गएको छ ।

विभागका महानिर्देशक डा दिपेन्द्ररमण सिंहले विभिन्न महाशाखाका कार्यरत कर्मचारीहरुमा संक्रमण देखिएको पुष्टि गरे । उनले भने, प्राय सबै महशाखाका कर्मचारीमा संक्रमण देखिएको छ । संक्रमितहरु कोही होम आइसोलेसन र कोही अस्पतालमा उपचाररत हुनुहुन्छ ।

कोरोना संक्रमणकै कारण एक साता अघि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत एक जना सवारी चालकको ज्यान गएको थियो । अहिले त्यहाँ अरु सात जना बढी संक्रमणमा परेको बताइएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महशाखामा करीब १० जना संक्रीय संक्रमितको रुपमा रहेको निर्देशक डा बासुदेव पाण्डेले बताए । उता राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रमा ५ जना बढीलाई संक्रमण देखिएको बताइएको छ । यसैगरी विभागको व्यवस्थापन महाशाखामा दुई साता यता १० जना बढी संक्रमणमा परेको निर्देशक डा रमेश खरेलले बताए ।

यस्तै राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, उपचारात्मक महशाखा, परिवार कल्याण महाशाखा, आर्थिक प्रशासन लगायत हरेक महाशाखामा कम्तिमा ४ जना भन्दा बढीका दरले संक्रमण देखिएको छ ।

संक्रमणमा जनस्वास्थ्य स्वास्थ्य प्रशासक, चिकित्सक, प्रशासनिक कर्मचारी, सवारी चालक, कार्यालय सहयोगीहरु परेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *