पछिल्लो २४ घण्टामा देशभर ३०९३ जना संक्रमित थपिए, २१०८ जना निको भए

काठमाडौँ, ४ कात्तिक । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ९३ जना कोरोना भाइरस(कोभिड-१९)संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १३ हजार ८ सय ६१ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३ हजार ९३ जना संक्रमित थपिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ३९ हजार १ सय २९ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ४१ हजार ७ सय ५५ रहेको छ ।

त्यसैगरी पछिल्लो चौबिस घण्टामा देशभर थप २ हाजार १ सय ८ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सहित निको भइ घर फर्किनेको कुल संख्या ९६ हजार ६ सय ९ पुगेको छ ।

देशभरका क्वारेनटिनमा ४ हजार २ सय २० जना रहेका छन् । होम आइसोलेसनमा २८ हजार १ सय ९६ रहेका छन् । संस्थागत आइसोलेसनमा १३ हजार ५ सय ५९ छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *