स्वास्थ्य मन्त्रालयले ल्यायो ‘प्रमुख उपलव्धीहरू’

काठमाडौँ, ४ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत मंसिर देखि असोज सम्म ( १० महिना) सम्म भए गरेका कामको विवरण समेटिएको पुस्तक तयार गरेको छ । मन्त्रालयले स्वास्थ्य मन्त्रीको रुपमा भानुभक्त ढकालले कार्यभार सम्हाले यता गरिएको कामको विवरण समेटिएको पुस्तक तयार गरेको हो ।

प्रमुख उपलव्धी ( मंसिर २०७६ देखि असोज २०७७) नाम दिइएको पुस्तक ७० पेजको छ । पुस्तकमा मन्त्रिपरिषद्बाट भएका महत्वपूर्ण निर्णयहरु , आर्थिक बर्ष २०७६/ ७७ र ०७७/ ७८ का नीति तथा कार्यक्रमहरुको कार्यान्वयन सम्वन्धी उपलव्धीहरु, कोभिड १९ महामारी नियन्त्रणमा गरिएका प्रयासहरुका बारेमा समेटिएका छन् ।

यस्तै अन्य कार्यहरुमा टमा युनिट स्थापना तथा सञ्चालन, स्थानीय तहमा निर्माणाधिन आधारभुत अस्पतालहरु साविकका जिल्ला अस्पताल ५० शैय्यामा स्तरोन्नती, स्थानीय तहमा ५ बेडको अस्थायी अस्पताल सञ्चालन, १३ वटा नाकामा स्वास्थ्य निगरानी केन्द्रको स्थापना, कोभिड -१९ परीक्षणका लागि स्थापना भएका प्रयोगशालाको विवरणहरु समेटिएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *