कोरोना संक्रमणबाट नेपालमा थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ, ३० असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप २१ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार ५ सय २२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३ सय ८२ रहेको छ । आइसीयूमा ३१५ जना र भेन्टीलेटरमा ७७ उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *