कोरोना संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु, मृतकको संख्या ६९४ पुग्यो

काठमाडौँ, २९ असोज । पछिल्लो चौबिस घण्टामा देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । देशभर थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।

यी सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ९४ पुगेको छ ।

त्यसैगरी पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । देशभर थप ३ हजार ५ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ । आइसीयूमा ३१४ जना र भेन्टीलेटरमा ६८ उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *