पछिल्लो २४ घण्टामा देशभर थपिए ३७४९ जना कोरोना संक्रमित, ३५६४ जना डिस्चार्ज

काठमाडौँ, २९ असोज । पछिल्लो चौविस घण्टामा देशभर थप ३ हजार ७ सय ४९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका बिभिन्न प्रयोगशालामा १६ हजार ५ सय ९८ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ३ हजार ७ सय ४९जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३ हजार ७ सय ४९ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ । हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५ सय ३३ रहेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा देशभर थप ३ हाजार ५ सय ६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ८४ हजार ५ सय १८ पुगेको छ ।

होम आइसोलेसनमा २४ हजार १ सय ९४ रहेका छन् । संस्थागत आइसोलेसनमा १२ हजार ३ सय ३९ छन् । त्यसैगरी आइसीयूमा ३१४ जना र भेन्टीलेटरमा ६८ उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *