चिकित्सकमा कोरोना देखिएपछि अस्पतालको सेवा बन्द

लहान, २७ असोज । एक चिकित्सकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ ।

अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नआएसम्मका लागि बन्द गरिएको जनाएको छ ।

अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ । अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोना सङ्क्रमणको लक्षण देखिएकाले पिसीआर रिपोर्ट नआएसम्म अस्पतालका आकस्मिक सेवाबाहेक अन्य सेवा अर्को सूचना नआएसम्म बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले जानकारी दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *